कोरोनाको खोपका लागि योगदान गर्न सरकारले गुहार्यो , ‘खोप कोष’ स्थापना (सूचनासहित)

कोरोनाको खोपका लागि योगदान गर्न सरकारले गुहार्यो , ‘खोप कोष’ स्थापना (सूचनासहित)

health swasthya

विभिन्न देशले कोरोना संक्रमणविरुद्धको खोप लगाउन सुरु गरिसक्दा नेपाल सरकार बल्ल खोप किन्ने पैसा जोहो गर्न लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर कोभिड-१९ विरूद्धको खोप किन्‍न ठूलो रकम आवश्यक परेको भन्दै आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

कोरोनाविरूद्धको खोप चाँडो नै बजारमा आउने प्रबल सम्मावना रहेको उल्लेख गर्दै सूचनामा लेखिएको छ- ‘सो खोप प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निस्शुल्क वितरण गर्न आवश्यक तयारी भइरहेको छ ।’

कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने भन्दै यससम्बन्धी सहयोगका लागि अग्रसरता लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोषको आय व्यय सरकारले अबलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनुका साथै लेखा परीक्षण प्रचलित कानुम बमोजिम गरिने उल्लेख गरेको छ ।

मन्त्रालयका अनुसार हाल परीक्षण भएका कोरोनाविरुद्धको खोप प्रभावकारी भइरहेको अवस्थामा लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउन ठूलो धनराशि खर्च हुने भएकाले आर्थिक सहयोग आह्वान भएको हो ।

मन्त्रिपरिषद्को पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोष खडा गर्नका लागि स्वीकृति दिएको बताइएको छ । सहयोग गर्न चाहनेले कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खाता नम्बर १७००१००१०२०६०००० मा रकम जम्मा गर्न सक्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ