पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले ‘राजनीतिक बेइमानी’ गरेको बताए ।
पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको प्रचण्डको भनाई थियो ।
उनले थपे,’अन्तिममा केपी ओली र म छलफल गर्दा मदन भण्डारीको भूमिका र जबज छोडेर समाजवाद उन्मुख जनताको जनवाद भन्ने सिद्धान्तमा पहिला हस्ताक्षर गरेको केपी ओलीले नै हो । सबैले त्यसलाई समर्थन गरेर अगाडि बढ्दा पार्टी एकता भयो । आज के देखियो भने उहाँले जबज छोडेको र समाजवाद उन्मुख जनताको बहुदलीय जनवादमा हस्ताक्षर गरेको प्रधानमन्त्री पद प्राप्त गर्नका लागि मात्रै रहेछ ।’
केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको प्रचण्डको भनाई छ । माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको भन्दै उनले थपेः ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर छन् । प्रचण्डले माधव नेपाल ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी भएको समेत बताए । गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’
प्रचण्डले अहिले मन्त्री पद पाउने स्वार्थका कारण जनयुद्ध लडेर आएका पूर्वमाओवादीहरु ओली समूहमा लागे पनि केही महिनापछि पुरानै घरमा फर्किने बताए । उनले भने, ‘जनयुद्ध कुहिएको आलु हो भनेर ओलीले भनिरहँदा पूर्वलडाकुले कसरी मन बुझाएका होलान् ? ओलीको जयजय कसरी गर्न सके मलाई धिक्कार उनीप्रति लाग्यो ।’ आफूहरुको विजयीको सुरुआत भएको बताउँदै उनले सबैभन्दा ठूलो अदालत जनता नै रहेको बताएका थिए । ओलीको टुक्का र उखानको परास्त गर्न केही समय सडकमै हुनुपर्ने उनको भनाइ थियो ।
प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताए । ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ रु माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने । आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको पनि उनले बताए । तर, ओलीले भने पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए ।
माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए । ‘एकताको प्रस्ताव लिएर म गएको हो, केपी ओली आएको होइन तपाईँहरुलाई प्रष्ट होओस्’, प्रचण्डले भने । तर, ओलीले झुट बोल्ने गरेको पचण्डले बताए । त्यसबारे वामदेव गौतमले भनेपछि झनै प्रष्ट भएको पनि बताए ।
प्रचण्डले जनमतको कदर गर्न पनि संसद् पुनस्स्थापना हुनुपर्ने बताए । कसैको प्रभावमा नपरी निर्वाचन आयोग र सर्वोच्च अदालतले स्वतन्त्ररुपमा फैसला गर्नेमा आफू विश्वस्त रहेकाले कार्यकर्तालाई पनि विश्वस्त रहनेमा ढुक्क हुन सुझाएका दिए । नेताहरुलाई धम्काउने र धर्काउने शैलीमा ओली प्रस्तुत भएको उनको भनाइ छ । ‘ओली आफ्नो स्वार्थले दलदलमा फसे, अब उठ्ने अवस्थै छैन’, उनले भने, ‘जहिलै पार्टीको विधि र विधान बाहिर रहेर संविधानमाथि ुकुु गर्दै काम गरेका छन् । भ्रष्टाचारमा नेपाल पहिलोमा आयो यसलाई रोक्नुभन्दा भ्रष्टाचारीको संरक्षण गरेका छन् । यसो गर्न हुँदैन भन्यौं । यदि गल्ती नसच्याउने हो भने, हामी दलको नेताबाट हटाउँछौ भनेर भनेका थियौं । पार्टीभित्र सल्लाह भएको थियो । उनले प्रधानमन्त्री पद त्याग्नपर्छ भनेर संसद् नै विघटन गराइदिए ।’ नेकपाको आधिकारिक पार्टी आफ्नो भएको र सूर्य चुनाव चिन्ह पनि आफूहरुलाई नै मिल्नेमा उनी ढुक्का छन् ।
ओलीमा पहिलेदेखि नै गुटवादी र स्वार्थ देखिएकाले पार्टी एकतामा समस्या भएको उनले बताए । ‘कहिले सुस्त र कहिले उग्ररुपमा विवाद बाहिर नआएको होइन’, दाहालले थपे, ‘ओलीलाई विधि र विधानका कुरा गर्यो रिस उठिहाल्छ । विवाद चर्किहाल्छ ।’ उनले आफूहरुप्रति ७० प्रतिशत बहुमत रहेको दाबी गरे ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते