सूर्य चिन्ह मैले नै रोजेको हुँ, ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन्: अध्यक्ष नेपाल

सूर्य चिन्ह मैले नै रोजेको हुँ, ओली नसुध्रिए इतिहासको रच्छ्यानमा फालिनेछन्: अध्यक्ष नेपाल

Madhav Nepal Pokhara

नेकपाका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको बताएका छन् । पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा आफूले सूर्य चिन्ह रोजेर ल्याएको उनले बताए ।

नेकपा (दाहाल–नेपाल) पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्दै नेपालले सूर्य चिन्ह चाहेर पनि कसैले खोस्न नसक्ने बताए । अध्यक्ष नेपालले आफ्नो पक्षमा ४३४ केन्द्रीय समिति मध्ये ३१५ जना रहेको र ओलीको पक्षमा ११८ जनामात्रै रहेकाले बहुमत कस्को पक्षमा हुन्छ छुट्याउन आग्रह गरे । उनले आफुले नेतृत्व गरेको नेकपा नै मुल पार्टी भएकाले सुर्य चिन्ह पनि कसैले खोस्न नसक्ने बताए । उनले केपी ओलीको समूहलाई केपी ओली फाउण्डेसन गुटको संज्ञा दिए ।

केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको बताउँदै उनले भने, ‘केपी भाँचिन तयार छन् तर, सच्चिन चाहनन् ।’ पार्टीमा बहुमत पुर्‍याउँछु भन्दै सडकमा हिँड्नेलाई पनि केन्द्रीय सदस्य बनाउँदैमा ओलीले नेकपा आधिकारिक पार्टी बनाउन नसक्ने अध्यक्ष नेपालले ठोकुवा गरे । ओलीमा कम्युनिष्ट भावना नै नरहेको बताउँदै उनले आफूहरु नबिराएकाले नडराई संघर्षको मैदानमा उत्रिएको बताए । पार्टी एकताका लागि संघर्ष जरुरी रहेको उनको भनाइ थियो । ‘पार्टीमा संघर्ष चलिरहन्छ’, उनले भने, ‘ओलीलाई पनि वर्षौदेखि चिन्छु । उनी अहिलेमात्र होइन पहिलेदेखि नै स्वार्थी र छलकपट हुन् । उनलाई आफ्नो स्वार्थबाहेक अरु मतलब छैन ।’

आफू महासचिव हुँदादेखी नै ओली पिछा लागेको भन्दै नेपालले ओली पदको लागि सीपी मैनालीको पनि पिछा लागेको बताए । ओली व्यक्तिवादी र गुटवादीका कारण पार्टीभित्र जहिलै समस्या उत्पन्न उनले बताए । ‘पावरमा पुगेपछि उनमा अहंकार भरियो’, नेपालले भने, ‘उनको अहंकार अब धेरै टिक्दैन । गुप्तचर होस् या सम्पति सुदृढीकरण सबै आफ्नै अन्डरमा ल्याए । उनलाई पावरमात्र चाहिएको छ । उनमा इमान्दारिता छैन ।’

उखान टुक्काले जनताका ताली पाउने कामबाहेक ओलीले जनताको हितमा कुनै काम नगरेको तर्क उनको थियो । डिएनए टेस्ट गर्दा आफूसँग मेल खाएका व्यक्ति बोक्ने प्रचलनले ओलीले मुलुकलाई नै द्वन्द्वमा धकेलेको उनले बताए । ओलीको एकलकाँटे प्रवृत्तिलाई अन्त्यकोा लागि बहस गर्न जरुरी रहेको उनले बताएका छन् । ४४० केन्द्रीय सदस्यमध्ये ओलीका जम्मा ११८ सदस्य रहेको बताउँदै नेपालले ओली अल्पमतमा परेपछि पार्टीभित्र टुटफुटको समस्या देखिएको उनको भनाइ छ । उनले बाटो बिराएर हिँडेका ओलीलाई अझै पनि समय रहेको भन्दै फर्किन आग्रह गरेका छन् ।

नेपालले केपी ओलीमा कम्युनिस्ट चरित्र र गुण नै नभएको बताए । ओलीमा एकलकाटे प्रवृत्ति र गुटको संरक्षण गर्नेबाहेक अरु केही नभएको नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले ओलीले बाटो विराएको भन्दै सुध्रन सुझाव दिँदै कम्युनिस्टहरु इमान्दार हुने भएपनि केपी ओली इमान्दार हुन नसकेको टिप्पणी गरे । ‘केपी ओलीजीले बाटो विराउनुभएको छ । बिराएको बाटोबाट फर्कनुस् । समय यही हो । नत्र इतिहासको रछ्यानमा तपाईंलाई फालिनेछ’ नेता नपालले गल्ती स्वीकार गर्न ओलीलाई आग्रह गर्दै भने । ‘संविधानमा यति ठूलो घात गर्नुभएको छ यसले तपाईंको पनि भलो गर्दैन । गल्ती स्वीकार गर्नुस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ