मंगलबार पोखराका १६ सहित गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि, ४६ जना कोरोनामुक्त

मंगलबार पोखराका १६ सहित गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि, ४६ जना कोरोनामुक्त

Gandaki Pradesh Map 2

पोखरा – मंगलबार पोखराका १६ सहित गण्डकीमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका ५ जिल्लाका १७४ जनामा गरिएको परीक्षणमा थप १९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका तीन जिल्ला कास्की, तनहुँ र लमजुङका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १७ जना, तनहुँका २ जना र लमजुङ जिल्लाका १ जना गरी जम्मा १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार १९ पुगेको छ। जसमा ६४५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट थप ४६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार एकसय ७८ पुगेको छ भने, हालसम्म १९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds