भारतलाई ओलीको सन्देश- कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

भारतलाई ओलीको सन्देश- कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो

oli jee news

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको प्रष्ट सन्देश भारतलाई दिएको छ । भारतीय टेलिभिजन च्यानल जीन्यूजलाई सोमबार दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले नेपालले आफ्नै भूमि समेटेर नयाँ नक्सा बनाएको र यसबारे वार्ताबाट समस्या समाधान गर्न आफूहरु तयार रहेको पनि बताए ।

प्रधानमन्त्री ओलीले भूगोल र जनसंख्याको आधारमा नेपालभन्दा भारत ठूलो भए पनि दुवै देशको सार्वभौमिकता बराबर रहेको प्रष्ट पार्नुभयो । उहाँले दुवै देश सार्वभौम रहेको र दुई सार्वभौम देशका प्रधानमन्त्रीको हैसियतमा सानो र ठूलो देशको नभएर समान हैसियतको भएको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले भारत र चीनलाई फरक ढङ्गले व्यवहार नगर्ने पनि बताउनुभयो । दुवै देशलाई पञ्चशीलको सिद्धान्तका आधारमा असंलग्न नीति अङ्गीकार गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो । उहाँले भारत र चीनबीचको विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताए ।

दुई देशबीचको विवादमा नेपाललाई कसैको पक्ष या विपक्षमा लाग्नु जरुरी नभएको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले भारत र चीनबीचको सीमा विवाद समाधानको लागि आफूले मध्यस्थता गर्न सक्ने दाबी पनि गरेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ