काठमाडौं, २४ फागुन । प्रदेश ४ को आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक कानून निर्माण र मन्त्रिपरिषद्लाई विभिन्न रायसुझाव दिन विभिन्न समिति गठन गरेको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बैठकले राजनीतिक, प्रशासन तथा विधेयक र आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा रहने राजनीतिक समितिमा आन्तरिक मामिलामन्त्री र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सदस्य तथा प्रदेश मुख्य सचिव सदस्य सचिव हुनेछन् । आन्तरिक मामिलामन्त्री संयोजक रहने प्रशासन समितिमा उद्योगमन्त्री सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव सदस्य सचिवका रुपमा रहनेछन् ।
त्यस्तै उद्योगमन्त्रीको संयोजकत्वमा रहने आर्थिक समितिमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री सदस्य र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन तथा बैठक शाखाका सचिव सदस्य सचिव रहने बताइएको छ ।
बैठकले आर्थिक कार्यविधि विधेयक २०७४ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेसँगै सो विधेयक आगामी प्रदेशसभाको बैठकमा टेबुल हुने जनाइएको छ ।
सम्बन्धित खबर
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
केदारेश्वर महादेवमणि गुरुकुल विद्याश्रममा सहयोग
आलु महोत्सवमा साढे २ करोड बढीको कारोबार
हाइकर्स क्लबको ५७ औं श्रृङ्खला भिमादको ‘घाङ्च ल्हुम’मा
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता