आइतबार पोखराका १४ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि, ८५ जना कोरोनामुक्त

आइतबार पोखराका १४ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि, ८५ जना कोरोनामुक्त

Gandaki covid corona 4

पोखरा – आइतबार पोखराका १४ सहित गण्डकीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ४ जिल्लाका १८० जनामा गरिएको परीक्षणमा थप १८ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका चार जिल्लाका छन् । जसमा कास्कीको पोखरा महानगरका १४ जना, तनहुँका २ जना, स्याङ्गजाका १ जना र म्याग्दी जिल्लाका १ जना रहेका छन् ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ९ सय ६० पुगेको छ । जसमा सक्रिय संक्रमित ६७६ जना छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ८५ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ८८ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण १९६ जनाले ज्यान गुमाईसकेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds