प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएको छ ।
राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।
सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्रै सिर्जना गर्ने ब्यक्तिका कारण अहिलेको समय आएको बताउनुभयो । बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लाग्ने काम भएको प्रधानमन्त्री ओलीको तर्क छ ।
प्रधानमन्त्री ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोगका कारण पनि प्रतिनिधिसभालाई निरन्तर दिन नसकेको बताए ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते