कैलालीको धनगढीमा आयोजित आफूपक्षीय राजनीतिक सभालाई सम्बोधन गर्दै ओली दुई नेतामाथि खनिएका हुन्। दुई नेतालाई लाटोकोसेरको संज्ञा दिँदै अँध्यारोमा रमाउन बानी परेको टिप्पणी गरे। लाटोकोसेरो अँध्यारोमा मात्रै उड्न सक्छ। झलल घाम लाग्यो भने टिक्नै सक्दैन। अँध्यारोमा बस्नेहरु घाममा टिक्न सक्दैनन्दा हाल नेपाल प्रति लक्षित गर्दै उनले भने, अँध्यारोमा चर्ने, खाने बानी गरेकाहरु घाम लागेपछि अत्तालिन्छन्। यहाँ चेतनाको ज्योति छरेर अन्धकार हटाइन्छ।
ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला गरिरहेको भन्दै कुनै हालतमा पुनस्स्थापना नहुने जिकिर गरे। पुष्पकमल दाहाल प्रचण्डहरू पार्टी बैठकमा नआएर निर्वाचन आयोग र सर्वोच्च अदालतमा पुगेछन्, उनले भने, चुनावविरोधी षडयन्त्र चिरेर अब ताजा जनादेशमा जाँदैछौं, मैले काम गरेर देखाएको छु। देशलाई अघि बढाउन यस्तो निर्णय लिएको हुँ।
दाहाल-नेपालालई भ्रष्ट र विदेशीको इशारामा चल्ने तत्वको संज्ञा ओलीले दिए। तिनीहरुलाई भोट नहाले पुग्छ, तपाईंहरुले अरु केह गर्नुपर्दैनु, उनले भने, उहाँहरुलाई दोहोरो अंकमा चुनाव जिताएर देखाउन चुनौती दिन्छु। १० सिट जितेर आउन् उनीहरु।
सम्बन्धित खबर
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग