अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा वाशिङ्टनमा भइरहेको हिंसात्मक प्रदर्शनमा चार जनाको ज्यान गएको छ । ट्रम्प समर्थकले संसद भवन (क्यापिटल बिल्डिङ)भित्र गरेको प्रदर्शनलाई रोक्ने क्रममा नेशनल गार्डले गोली चलाउँदा उनीहरुको ज्यान गएको हो ।
वाशिङ्टनमा रहेको संसद भवनभित्र अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने कार्यक्रम रहेको थियो ।
ट्रम्पका समर्थकहरुले भवनभित्रै पसेर विरोध गर्न थालेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो । ट्रम्पका सयौं समर्थकहरुले चुनाव रद्द गर्न माग गरेका थिए । यसैबीच अमेरिकामा भइरहेको यो हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनललगायतले यस घटनाको निन्दा गरेका बीबीसीले जनाएको छ ।
सम्बन्धित खबर
चिकित्सकले मृत घोषणा गरेका व्यक्ति चिताबाट ब्युँझिएपछि…
कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई हाम्रो पार्टीको समर्थन छ: भाजपा नेता जोली
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ