काठमाडौं, २४ फागुन, । बन्दको प्रचार गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले बिहीबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।
फागुन २५ र २६ गते नेपाल बन्द भनेर समाजमा आतंक फैलाएको गुनासो आएपछि उनलाई पक्राउ गरिएको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । उनीमाथि थप अनुसन्धान थालिएको छ ।
पूर्व जनमुक्ति सेना रञ्जित गुरुङ्ग समूहले फागुन २५ र २६ गते नेपाल बन्दको आह्वान गरेको हौवा फैलाएको थियो । उक्त समूहले ४ बुँदे माग तेर्साएको थियो ।
जनयुद्ध र जनआन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार गरौँ, पूर्व लडाकुलाई राष्ट्रिय सम्मान सहितको प्रमाण पत्र पेन्सन सहितको व्यवस्था गरौँ लगायतका माग गख्दै बन्दको आह्वान गरेको उक्त समूहले जनाएको थियो । २५ र २६ गते हुने बन्दको अवज्ञा गरे बेलुका आफैले सोच्नुहोला ! उक्त बन्दको प्रर्चामा लेखिएको थियो ।
This will close in 3 seconds
सम्बन्धित खबर
आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरी मनाइँदै
आजको मौसम पूर्वानुमान
असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिसको जोखिम उच्च
निजामती सेवा दिवसमा पुरस्कृत हुने उत्कृष्ट कर्मचारी यी हुन्
संविधान दिवस, २०८१ विशेष रुपमा मनाइने
पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग