बुधबार पोखराका २७ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ५३ जना कोरोनामुक्त

बुधबार पोखराका २७ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि, ५३ जना कोरोनामुक्त

Gandaki-Mapp

पोखरा – बुधबार पोखराका २७ सहित गण्डकीमा थप ३६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ३६३ जनामा गरिएको परीक्षणमा थप ३६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २७ जना, तनहुँका १ जना, लमजुङका २ जना, स्याङ्गजाका १ जना, पर्वतका २ जना, बाग्लुङका २ जना र म्याग्दी जिल्लाका १ जनाको रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ४७ पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ७९७ रहेको छ ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५३ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ८ सय ५६ पुगेको छ भने, हालसम्म कोरोना संक्रमणका कारण १९४ जनाले ज्यान गुमाइसकेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds