नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा पुनस्स्थापना हुनेमा ढुक्क रहेको बताएका छन् ।
राजधानीको बानेश्वरमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको जानकारी दिए ।
संविधानमा प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद् विघटन गर्ने र राजनीतिक अस्थिरता हुने भएकाले नयाँ संविधान निर्माण गर्दा उक्त कुरा नलेखिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
सरकार बनाउन नसक्ने अवस्थामा संसद् आफैँ विघटन हुने तर बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको कुनै अधिकार नभएको उनले बताए । संविधानको धारा ७६ को कुनै पनि उपधारामा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत तथा निर्वाचन आयोगमा समेत सेटिङ मिलाएर प्रतिनिधि सभा विघटन गरेको भन्ने आम रुपमा आशंका उब्जिएको भन्दै प्रवक्ता श्रेष्ठले प्रचार गरिएकै भरमा न्यायालय र संवैधानिक आयोगले प्रभावित भएर निर्णय नगर्ने विश्वास समेत व्यक्त गरे ।
त्यसरी गरिने प्रचार संवैधानिक आयोगमाथि गरेको अपमान तथा अवमूल्यन भएको उनको भनाइ छ । सरकारले दबाब र प्रभावमा पारी आफू अनुकुल निर्णय गर्न बाध्य पारे निष्पक्ष निर्णय गर्न जनताले वातावरण बनाइदिने उनले बताए । आफूहरुको आन्दोलन संवैधानिक अंगप्रति नभई असंवैधानिक कदम चाल्ने सरकारविरुद्ध केन्द्रित रहेको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।
पार्टीको आधिकारिकता र चुनाव चिह्न सूर्य आफूहरुसँग रहनेमा कुनै दुविधा नरहेको प्रवक्ता श्रेष्ठले बताए । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका राजनीतिक दलसँग संयुक्त संघर्ष गर्ने पहल जारी राखेको जानकारी दिए । प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम पूर्ण रुपमा परास्त नगरुञ्जेल सङ्घर्ष जारी राख्ने पनि उनले बताए ।
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग