पोखरा बगरका सुवर्ण सम्पर्क विहीन ! आफन्त साथीभाइद्वारा खोजी

पोखरा बगरका सुवर्ण सम्पर्क विहीन ! आफन्त साथीभाइद्वारा खोजी

Subarna

पोखरा १ बगर निवासी सुवर्ण सुवेदी सम्पर्क विहीन भएको भन्दै आफन्त तथा साथीभाइले खोजी सुरु गरेका छन् । हिजो आइतबार पूर्वान्ह १० बजेपछि गाडी सिक्न निस्केका सुवर्ण त्यसपछि घर नफर्केको परिवारलाई उदृत गर्दै साथी अभिषेक बरालले जानकारी दिए ।

उनी नफर्केपछि हिजै वडा प्रहरी कार्यालय बगरमार्फत् सबै प्रहरीकहाँ जानकारी गराइएको र सामाजिक सञ्जालहरुमा मानिस हराएको सूचना जारी गरिएको बरालले जनाए । उनका अनुसार सुवर्णको मोबाइल टावर लोकेशन अन्तिमपटक तनहुँको भिमाद वरपर देखिएको छ ।

पोखरा, भिमाद, पाल्पामा उनको खोजीका लागि परिवार र साथीभाइ जुटेका छन् । सुवर्ण स्नातक पछि वैदेशिक अध्ययनको तयारीमा थिए । सुवर्णलाई देख्ने वा भेट्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा मोबाइल नं. ९८५६०१७५३३, ९८०६७७४९६३ वा ९८५६०३०६३९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ