रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित, एसी मिलान शीर्ष स्थानमा फर्कियो

रोनाल्डोको दुई गोलमा युभेन्टसको सानदार जित, एसी मिलान शीर्ष स्थानमा फर्कियो

ronaldo dybala juventus

इटालियन सिरी ए मा युभेन्टसले सानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसलाई सानदार जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड रोनाल्डोको दुई गोल गरे भने फेडरिको चिइसा र पाउलो डिबालाले एक एक गोल गरे । उडिनेसका मार्भिनले एक गोल फर्काए ।

३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई आग्रता दिलाए । उनले आराने राम्सेको पासमा गोल गरेको थिए । ४९औं मिनेटमा रोनाल्डोको पासमा फेडरिको चिइसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा रोनाल्डोको व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाइए सहज जिततर्फ अग्रसर गराए ।

९०औं मिनेटमा मार्भिन जिगेलारले गोल गर्दै खेललाई ३-१ को अवस्थामा ल्याए । तर इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पाउलो डिबालाले डानिलोको पासमा गोल गर्दै युभेन्टसलाई ४–१ को सानदार जित दिलाए ।

यो नतिजासँगै युभेन्टस १४ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित उडिनेस १५ अंकसहित १३औं स्थानमा छ ।

एसी मिलान शीर्ष स्थानमा फर्कियो

बेनेभेन्टोलाई पराजित गर्दै एसी मिलान ६ घण्टापछि नै इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको मिलानले बेनेभेन्टोलाई उसैको मानमा २-० ले पराजित गरेको हो ।

बेनेभेन्टोको मैदानमा भएको खेलको १५औं मिनेटमा फ्रकान्स केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए ।

३३औं मिनेटमा सान्ड्रो टोनालीले रातो कार्ड पाएपछि मिलान दश खेलाडीमा समेटियो । पहिलो हाफमा एक गोल गरेको मिलानले एक खेलाडी कम हुनका बावजुतपनि दोस्रो हाफमा गोल थप्यो । ४९औं मिनेटमा एन्टे रेबिकको पासमा राफेल लिएओले मिलानका लागि दोस्रो गोल गरे ।

६१औं मिनेटमा बेनेभेन्टोले पेनाल्टीको अवसर पाएको थियो । तर जियानलुका काप्रारीको पेनाल्टी प्रहार पोष्ट भन्द बाहिर गएको थियो ।

जितपछि १५ खेलबाट ३७ अंक जोडेको मिलानले सहरी प्रतिद्वन्दी इन्टरलाई १ अंकले पछि पार्दै पुन. शीर्ष स्थानमा पुगेको छ । समान खेलबाट ३६ अंकसहित इन्टर दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds