पोखरा – शनिबार कास्कीका ३६ सहित गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका २९२ जनामा गरिएको परीक्षण मध्ये थप ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिकाका २ सहित पोखरा महानगरका ३६ जना, तनहुँमा १ जना र पर्वत जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमित ९ सय ३ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ८८ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५ सय ७५ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १९२ पुगेको निर्देशनालयले जनाएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम