न्यूरोडको संकटा क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ (छाता सडक) बन्द गरिने भएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि आइतबारदेखि संकटा क्षेत्रको सडकमाथि राखिएका छाता हटाउन लागिएको हो।
कोरोना महामारीपछि अस्तव्यस्त बनेको बजार व्यवयासलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउने मानिसको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउने निर्णयमा पुगिएको संकटा क्लबमा सचिव आशिषमान सिंहले जानकारी दिए।
दैनिक २० हजार जनाभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका छन्। शनिबारको दिन झन् बढी आउने गरेका छन्।
“व्यापारीहरू मिलेर सडकमाथि छाता राखेका थियौं। यो त भाइरल नै बन्यो। अहिले टिकटक बनाउने, फोटो खिच्ने तथा भिडिओ बनाउनेहरू यति धेरै आए कि हामीले व्यवस्थापन नै गर्न सक्ने अवस्था आएन,” सचिव सिंहले भने।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम