बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ५९ जनामा कोरोना पुष्टि, ८२ जना कोरोनामुक्त

बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ५९ जनामा कोरोना पुष्टि, ८२ जना कोरोनामुक्त

Gandaki covid corona 1

पोखरा – बिहीबार पोखराका ३२ सहित गण्डकीमा थप ५९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका ३०२ जनामा गरिएको परीक्षण मध्ये थप ५८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ३२ जना, तनहुँका ७ जना, लमजुङका २ जना, नवलपुरका १४ जना, स्याङ्गजाका २ जना, बाग्लुङका १ जना र म्याग्दी जिल्लाका १ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार पाँच सय ८८ पुगेको छ ।जसमा १ हजार १३ सक्रिय संक्रमित छन् ।

केहिदिन यता गण्डकीमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्यामा वृद्धि भैरहेको छ । पछिल्लो २४ घन्टामा पनि गण्डकीबाट ८२ जना संक्रमित कोरोनाबाट मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार तीन सय ८३ पुगेको छ ।

आज कोरोना संक्रमणका कारण गण्डकीमा थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -२ निवासी ५८ वर्षीया महिला रहेकी छन् । बुधबार मात्र कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि फिष्टेल अस्पताल भर्ना भएकी उक्त महिलाको उपचारका क्रममा आज बिहान ७:३५ बजे मृत्यु भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले पुष्टि गर्नुभयो ।

यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९२ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds