‘प्रचण्डलाई धुन तीन वर्षमा साबुनका धेरै डल्ला खर्च भए’ – ओली

‘प्रचण्डलाई धुन तीन वर्षमा साबुनका धेरै डल्ला खर्च भए’ – ओली

kp-oli

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धृतराष्ट्रको संज्ञा दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सुदूरपश्चिमका कार्यकर्ताको भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्ड धृतराष्ट्रजस्तो बन्न खोजेको आरोप लगाए ।

‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने’ – ओलीले अगाडी भने – ‘प्रचण्डलाई षड्यन्त्रकारी राजनीति छाड्नुस्, धोका बेइमानी नगर्नुस् भनेर तीन वर्ष सम्झाएँ, तीन वर्षमा साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खतम भयो उहाँलाई धुँदाधुँदा । साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’

ओलीले सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको र आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको दाबी गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ