पठाओ कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्नुपर्छ :  ई-कमर्श साझा फोरम

पठाओ कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्नुपर्छ :  ई-कमर्श साझा फोरम

Pathao

काठमाडौं । ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले पठाओको कार्यालयमा भएको तोडफोडबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आपसी बार्ता र सहमतीय प्रक्रियामा नगएर एक संस्थामाथि आक्रमण शैलीमा तोडफोड गर्नु निकै नै दुखद कुरा भएको फोरमले विज्ञप्तीमार्फत जनाएको छ ।            पठाओ जस्ता राइड सेयरिङ्ग एपहरुले गर्दा सर्वसाधारण नागरिकहरुको दैनिक यात्रा धेरै हदसम्म सजिलो हुँदै आएको फोरमले जनाएको छ । साथै कोभिड १९ का कारण अर्थतन्त्र सिथिल भएको समयमा पनि हजारौंले रोजगारी पाएको तर यस्ता कार्यले अर्थतन्त्रमा धक्का लागेको फोरम संयोजक सागर देव भट्टले विज्ञप्तीमार्फत जनाएका छन् ।

कार्यालयमा गएर आक्रमण र तोडफोड गर्ने जस्ता घटनाले नेपाली स्टार्ट–अप क्षेत्रलाइ नवीनता र आविष्कारको बाटोमा धकेल्नुको साटो उल्टै सूचना प्रविधिको माध्यमबाट नेपाली नागरिकहरुलाई जीवनयापन गर्न सहज बनाइरहेका सबै संस्थाहरुलाई दुरुत्साहान गरेको फोरमको धारणा छ ।

यस्ता कार्य जो सुकै बाट भएको भए पनि नेपाल प्रहरी र गृह मन्त्रालयले छिटो भन्दा छिटो छानबिन गरि दोषीहरुलाई कारवाही गर्नुपर्ने फोरमले माग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds