सुनको मूल्य बढ्यो, तोलाको ९४ हजार ९०० पुग्यो

सुनको मूल्य बढ्यो, तोलाको ९४ हजार ९०० पुग्यो

gold

पोखरा । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds