आइतबार कास्कीका ८३ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि

आइतबार कास्कीका ८३ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरा – आइतबार कास्कीका ८३ सहित गण्डकीमा थप १२२ जनामा कोरोना पुष्टि भएको छ ।

शनिबार र आइतबार गण्डकीका ५०५ जनामा गरीएको परीक्षण मध्ये थप १२२ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ८३, तनहुँमा ५, गोरखामा १०, लमजुङमा २, स्याङ्गजामा ११, पर्वतमा २, बाग्लुङमा ५ र म्याग्दी जिल्लाका ४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ३ सय ७७ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ८ सय ४४ छन् ।

पछिल्लो ४८ घन्टामा गण्डकीबाट २८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार ३ सय ४२ पुगेको छ भने, गण्डकीमा हालसम्म १९१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds