काठमाण्डौ – नेपालमा शनिबार थप पांच सय कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५७ हजार ७०० पुगेको छ । हालसम्म १९ लाख पाँच हजार ८२६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४३४ जनाको आरटीपीसीआर परीक्षण गर्दा पाँच सयजनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल छ हजार ७४९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा ८४० जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४९ हजार १३२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८१९ जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ७४९ जना आइसोलेशनमा र तीन सय ६९ जना क्वारेन्टिनमा छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम