‘एमाले फुटाउने म होइन, केपी ओली हो’ : प्रचण्ड

‘एमाले फुटाउने म होइन, केपी ओली हो’ : प्रचण्ड

prachanda pics

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीलाई केपी शर्मा ओलीले फुटाएको बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्वएमालेलाई दाहालले फुटाएको आरोप लगाएको भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले एमाले भित्रको गुटबन्दी मिलाउन खोजेको बरु ओलीले फुटाएको आरोप लगाए।

दाहालले भने, ‘मैले फुटाएको भनेजस्तो कुरा आएको छ । एमालेको ९ औँ महाधिवेशपछि माधवजी र केपीजीको पक्ष भन्ने रहेछ । एकतापछि दुवैलाई कसरी मिलाउने भन्ने मलाई चिन्ता थियो ।’

प्रधानमन्त्री तथा अध्यक्ष ‌ओलीले पार्टीमा नेपाल पक्षलाई पेलेर जाने रणनीति लिएको र आफू त्यस पक्षमा नरहेको पनि बताए । ‘केपी ओलीले माधवजीको पक्ष जिल्ला, प्रदेश र केन्द्र कुनै तहमा पनि नआओस् भन्ने । तर त्यो पक्ष पनि बलियो भएकाले आउनुपर्छ भन्ने मेरो कुरा थियो । त्यसैले, एमाले फुटाउने केपीजी हो, म होइन,’ उनले भने ।

यस्तै, दाहालल विगतमा ओलीलाई आफूले चिन्न नसकेको र सहमति भएका कुरा छोड्दै जानु भूल भएको बताए । ओलीसँग पार्टी एकताका बेला गरेको सहमति अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति छोड्नु गल्ती भएको उनको भनाइ थियो ।

‘उहाँले म तीन वर्ष जेठो छु तीन भोटा मैले फटाएको छु भन्दा मैले एक नम्बर मान्दिए । अर्कोपल्ट आलोपालो अध्यक्ष छोडौं र संयुक्त गरौं भन्दा पनि छोडिदिए । कार्यकारी अध्यक्षमा हुनुस् भन्दा पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर मैले छोडिदिए र यो छोडिदिने कमजोरी गरेको थिए,’ दाहालले भने ।

ओली निरंकुस हुँदा नेकपा फुटको अवस्थामा पुगेको उनको तर्क छ। दाहालले आफूले अपमान सहेर पनि एकता चाहेकाले ओलीले जहिले आफूलाई पेल्न खोजेको बताए। उनले आफु, नेपाल र बरिष्ठ नेता झलनाथ खनाल ओलीले अपमान सहनेहरुको समूह भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ