गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डाैं । गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पश्चगामी भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अग्रगामी भनेका छन् ।
पार्टी भित्रकाे तनावपछि पहिलाे पटक मुख खाेलेका थापाले ओलीलाई साथ दिएका छन् । अहिलेसम्म कुनै पनि समुहमा नलागेका उनी विहीबार मात्र ओली समुहकाे बैठकमा सहभागी भएका थिए । साेही बैठकलाई सम्बाेधन गर्दै उनले प्रतिनिधिसभा संसद विघटन अग्रगामी कदम भएको बताएका हुन् ।
राष्ट्रियसभा सदस्य समेत रहेका थापाले संसद विघटन गरेर नयाँ जनादेशका लागि जाने कदम क्रान्तिकारी भएको दावी गरे । उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग पश्चगामी भएको जिकिर गरे । थापाले प्रतिनिधिसभा विघटन बाध्यकारी कदम भएको बताए ।
‘संसद विघटन पनि क्रान्तिकारी कदम हो, जे भएको छ ठीक छ । जनतामा जाने कुरा अग्रगामी कदम हो । पुनःस्थापनाको कुरा पश्चगामी छ,’ थापाको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।
सम्बन्धित खबर
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
मेरो उमेर पनि गयो, ‘रिटायर्डमेन्ट’ हुने बेला भयो: सभापति देउवा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग