बिहीबार पोखराका ३७ सहित गण्डकीमा थप ५७ जनामा कोरोना पुष्टि, ५२ जना कोरोनामुक्त

बिहीबार पोखराका ३७ सहित गण्डकीमा थप ५७ जनामा कोरोना पुष्टि, ५२ जना कोरोनामुक्त

IMG_6229

पोखरा – बिहीबार पोखराका ३७ सहित गण्डकीमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकीका ३२६ जनामा आज गरिएको परीक्षण मध्ये थप ५७ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका ३७, तनहुँका ८, लमजुङका ५, नवलपुरका ४, र स्याङ्गजा जिल्लाका ३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार २ सय ४२ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय ९५ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ५२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणबाट मुक्त  हुनेको संख्या १२ हजार २ सय ५६ पुगेको छ ।

बिहीबार गण्डकीमा थप ३ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -५ का ७१ वर्षीय वृद्ध, तनहुँ जिल्ला म्याग्दे गाउँपालिका -५ निवासी ७३ वर्षीय वृद्ध र स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिका -१ निवासी ७४ वर्षीय वृद्ध रहेका छन् ।

आज थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds