क्रिसमस इभमा रामकृष्ण ढकालको विशेष प्रस्तुति आज पोखरामा, भिआइपी टेबलको २० हजार

क्रिसमस इभमा रामकृष्ण ढकालको विशेष प्रस्तुति आज पोखरामा, भिआइपी टेबलको २० हजार

ramkrishna dhakal

पोखराको कल्चर रिसोर्टले क्रिसमस इभको अवसरमा आज सांगीतिक साँझ गर्ने भएको छ। कार्यक्रममा सदाबहार गायक रामकृष्ण ढकालको विशेष प्रस्तुति रहने बताइएको छ। साथमा स्थानीय कलाकारको प्रस्तुति हुनेछ भने लाइभ डिजेको मजा समेत लिन सकिनेछ।

कार्यक्रमका लागि भिआइपी र जनरल गरी २ थरी टिकट बुक गर्न सकिनेछ। भिआइपी टेबलको २० हजार र जनरल टेबलको १० हजार रहेको छ।

भिआइपी टेबलमा एक बोतल ब्ल्याक लेबल, दुई बोतल वाइन र एक केजी बिबिक्यु मासु र जनरल टेबलमा एक बोतल वर्ल्ड दरबार, एक बोतल वाइन र एक केजी बिबिक्यु मासु समेत उपलब्ध हुने बताइएको छ।

टेबल वा रूम बुक गर्न ०६१-४२००७७ मा सिधै कल गर्न सकिने बताइएको छ। साँझ ५ बजे सुरू हुने कार्यक्रम राति १० बजेसम्म चल्नेछ।

अंग्रेजी नयाँ वर्षको अवसरमा पनि रिसोर्टले पुस १६ गते साँझ गायिका इन्दिरा जोशीको प्रस्तुति सँगै सांगीतिक कार्यक्रम गर्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds