बुधबार कास्कीका ७२ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि, ३८ जना कोरोनामुक्त

बुधबार कास्कीका ७२ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि, ३८ जना कोरोनामुक्त

Gandaki-Map copy

पोखरा – बुधबार कास्कीका ७२ सहित गण्डकीमा थप १२६ जनामा कोरोना पुष्टि भएको छ ।

आज गण्डकीका ३४२ जनामा गरिएको परीक्षण मध्ये थप १२६ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि भएका संक्रमित गण्डकीका ६ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ७२, तनहुँका ११, लमजुङका १६, बाग्लुङका १४, म्याग्दीका ८ र मनाङ जिल्लाका ५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थप भएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार १ सय ८५ पुगेको छ । जसमा सक्रिय संक्रमित १ हजार ७ सय ९३ छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट ३८ जना कोरोनामुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार दुई सय चार पुगेको छ ।

गण्डकीमा बुधबार कोरोनाबाट मृत्यु संख्या छैन । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds