नेपालमा २४ घण्टामा ७२२ कोरोनाभाइरस सङ्क्रमित थपिएको छ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको औपचारिक कुल सङ्ख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
तर शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले भने पुष ६ गतेसम्ममा कोभिड-१९ सँग सम्बन्धित २,७४७ वटा शव व्यवस्थापन गरिसकेको जनाएको छ।
त्यसको अर्थ स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्याङ्कमा ९४९ जनाको सङ्ख्या फरक परेको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाली सेनाले कोभिड-१९ सम्बन्धी शव व्यवस्थापन कार्यविधिमा कोभिड-१९ को प्रमाणपत्र र अस्पताल वा स्वास्थ्य निकायले दिने मृत्यु भएको प्रमाणपत्र भएपछि जिल्लास्थित सीसीएमसीको अनुरोधमा शव व्यवस्थापन गर्दै आएको छ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम