काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले प्रधानमन्त्री भएकै दिनदेखि आफूलाई महाराजजस्तो ठानेको आरोप लगाएका छन् । बबरमहलमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै कारण यतिबेला कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा आइपुगेको टिप्पणी गरे ।
प्रतिक्रियावादीहरुका एकपछि अर्को गढलाई तोड्दै आएको कम्युनिस्ट आन्दोलनले २०७२ सालको संविधानमार्फत प्राप्त उपलब्धि रक्षार्थ प्रभावकारी भूमिका खेल्नुपर्ने समय आएको चर्चासमेत उनले गरे ।
पूर्व प्रधानमन्त्री उनले संविधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्न नसक्ने दावी गरे । देशलाई अस्थिरतातर्फ लैजाने प्रयास हुन सक्छ भनेर नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने प्रावधान राखिएको उनको भनाइ थियो ।
जनवादी क्रान्ति सफल भयो भनेर पूर्व एमाले र पूर्व माओवादी केन्द्रले धेरै अघि घोषणा गरिसकेको स्मरण गराउँदै उनले समृद्धिका आधार निर्माण गर्ने उद्देश्यले नै दुई ठुला कम्युनिस्ट पार्टीबीच एकता भएको प्रस्ट पारे ।जनताले पनि कम्युनिस्ट पार्टीमाथि विश्वास गरेको र प्रचण्ड बहुमतका साथ सरकार गठन भएको उल्लेख गर्दै उनले भने, ‘केपी ओलीलाई सर्वसम्मतिले प्रधानमन्त्री बनायौं, त्यो दिनदेखि उहाँले आफूलाई महाराजजस्तो ठान्नुभयो ।’
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग