प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको छ ।
यसले गर्दा नेकपाको स्पष्ट बहुमत रहेका प्रदेश सरकरा धरापमा पर्ने सम्भावना देखिएको छ । प्रदेश २ बाहेक बाँकी छ वटा प्रदेशमा नेकपाको सरकार छ ।
नेकपा फुटको संघारमा पुगेपछि प्रदेश १ मा सत्ता समीकरणबारे गणितीय खेल सुरु भएको छ । नेकपा फुटे कुन पक्षका कति सांसद कता हुने भन्ने गणना नेताहरुले गर्न थालेका छन् । मुख्यमन्त्री शेरधन राईको पक्षमा बहुमत पुग्ने सम्भावना कम छ, पार्टी फुटे उनी स्वतः अल्पमतमा पर्ने देखिन्छ ।
केन्द्रीय राजनीतिको परकम्प प्रदेश २ को राजनीतिमा पनि परेको छ भने बागमती प्रदेशमा पनि सत्ता समीकराण फेरबदल हुने देखिएको छ ।
गण्डकी प्रदेश सरकारमा पनि यसको प्रभाव पर्ने देखिएको छ । यसबाट पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकार पनि संकटमा पर्ने विश्लेषकको भनाइ छ । नेकपा विभाजन भएमा गुरुङ नेतृत्वको सरकार बदलिनेछ ।
लुम्बिनीमा पनि सत्ता समीकरणको जोडघटाउको चर्चा सुरु भएको छ । नेकपामा फुट आए कर्णालीमा अबको सत्ता राजनीतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भूमिका महत्त्वपूर्ण देखिन्छ ।
सुदूपश्चिम प्रदेशमा दाहाल नेपाल पक्ष नै बहुमतमा देखिन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित खबर
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
कांग्रेस एमाले सरकारको साझा सङ्कल्प [पूर्णपाठ]
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
बालेन लक्षित माधव नेपालको टिप्पणीः ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग