प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्। आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन्।
सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन्। विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन।’
प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए। ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा यो निर्णय लिनुपरेको बताएका छन् । सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए।
उनले सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।”
सम्बन्धित खबर
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ