प्रधानमन्त्रीको कदमविरुद्ध माइतीघरमा प्रदर्शन

प्रधानमन्त्रीको कदमविरुद्ध माइतीघरमा प्रदर्शन

maitighar

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि राजधानीमा विरोध प्रदर्शन भएको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालनिकट जनवर्गीय संगठनहरुले आज संसद विघटनविरुद्ध  प्रदर्शन गरेका छन्।

उनीहरुले नेपाली जनतालाई केपी ओली चाहिँदैन, गणतन्त्र मास्न पाइदैन लगायतका नाराहरु लगाएका थिए। यस्तै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर भएको भन्दै देश छोड भनेर नारा लगाएका थिए।

प्रचण्ड–नेपालनिकट विद्यार्थीहरुले काठमाडौंलगायतका देशका विभिन्न भागमा संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले नेकपा विवादको समयमा संसद विघटन गर्दै वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन गर्ने सिफारिस विहान गरेका थिए। त्यसको केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले स‌सद विघटन गरेकी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds