ब्रेकिङ न्युजः अहिले राति पोखरामा दुई दुर्घटना, मानवीय क्षति

ब्रेकिङ न्युजः अहिले राति पोखरामा दुई दुर्घटना, मानवीय क्षति

mmm (1)

गण्डक न्युज पोखरा, २० फागुन / पोखरा लेखनाथ महानगरपालिकाले छाडा चौपाया नियन्त्रणका लागि ट्याग लगाउने योजना सार्वजनिक गरेकै दिन पोखरामा सडकमा छाडा चौपायाकै कारण दुर्घटना भएको छ । यस्तै, अर्को दुर्घटनामा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु र अर्का घाईते भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

भर्खरै प्रत्यक्षदर्शीले जनाए अनुसार विजयपुरमा बस र मोटरसाईकल आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एकजनाको मृत्यु भएको छ भने अर्का घाईते छन् । उनलाई अस्पतालतर्फ दौडाइएको छ । कास्की प्रहरीले घटनाबारे विस्तृत विवरण थाहा भई नसकेको जनायो । (थप विवरण अर्को समाचारमा प्रस्तुत गर्नेछौं ।)

यस्तै, जिरोकिमीदेखि बाग्लुङ बसपार्क सडकखण्डमा दुई घण्टा अघि भएको दुर्घटनामा मोटरसाइकल क्षतविक्षत भएको छ भने चालक घाईते भएका छन् , प्रत्यक्षदर्शीका अनुसार सडकमा उभिएको छाडा चौपायाका कारण मोटरसाईकल दुर्घटना भएको थियो ।

पोखरामा पछिल्लो समय सवारी दुर्घटनाको संख्या बढेको छ । विजयपुर नजिकै चाउथेमा होलीको दिन चार गाडी आपसमा ठोक्किएको थियो भने त्यही राति हेम्जामा एक युवकको स्कुटर दुर्घटनामा ज्यान गएको थियो ।

 तस्विरहरु: पत्रकार शिवराज बस्ताकोटीको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ