पोखरा – कास्की प्रहरीले ठूलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका -४ रामकृष्ण टोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र भक्तपुर जिल्ला स्थायी घर भई हाल सोही स्थान (रामकृष्ण टोल) बस्दै आएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् ।
प्रहरीका अनुसार मंगलबार सांझ अन्दाजी ५:४५ बजेको समयमा रामकृष्ण टोलस्थित हिंडिरहेको अवस्थामा लागुऔषध सहित उनीहरुलाई पक्राउ गरेको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट डाइजेपाम ११३ एम्पुल, फेनारगन ११३ एम्पुल, नुर्फिन ११३ एम्पुल सहित २ थान मोवाइल समेत वरामद गरेको छ । उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ