पोखरा – पोखराको न्युरोडबाट एक व्यक्ति लागुऔषध सहित पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले गएको सोमबार दिउँसो अन्दाजी ४ बजेको समयमा तनहुँ जिल्ला ब्यास नगरपालिका -८ घर भई हाल पोखरा -८ न्यूरोड बस्दै आएका ३० वर्षीय अशोक वाचे मगरलाई पक्राउ गरेको हो ।
मगरले कोठामा लुकाई राखेको डाईजापाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल, ब्रुफिन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागुऔषध र मोवाईल १ थान प्रहरीले वरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागुऔषध कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते