पोखरा । प्रभु लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई १ सय थान स्वास्थ्य सामग्रीसहितको झोला प्रदान गरेको छ ।
इन्स्योरेन्सको चौंथो वार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
प्रभु लाइफ इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख दुर्गानाथ पहारीले जीवन बिमाको महत्व स्पष्ट पारे । कम्पनीले आफ्नो ग्राहकको आर्थिक जोखिम बहन सँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए ।
कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठले अहिलेको विषम परिस्थितिमा अग्रपंक्तिमा रही सेवा गर्ने प्रहरी कर्मचारीप्रति प्रभु लाइफले गरेको सहयोगको प्रशंसा गरे । उनले स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित ढंगबाट कामकाज गर्न आग्रह गरे ।
उनले भने, ‘आवश्यक परेको खण्डमा कास्की प्रहरी जुनसुकै अवस्थामा पनि सहयोग गर्न प्रतिबद्ध छ ।’ कार्यक्रम सञ्चालन बगर शाखा प्रमुख सुमन पहारीले गरेका थिए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ