पोखरा – कास्की प्रहरीले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१२ माटेपानी बस्ने ३२ वर्षीय रमेश गुरुङ, पोखरा – ११ काहुभन्ज्याङ बस्ने २१ वर्षीय मुकेश बि.क र पोखरा – १२ चापापानी बस्ने २९ वर्षीय नवराज गुरुङ रहेका छन्।
पोखरामा अवैध लागुऔषधको कारोवार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरिको टोलीले पोखरा – ११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट डाईजापाम ६४ एम्पुल, नुर्फिन ६५ एम्पुल, फेनेरागन ६७ एम्पुल, मोवाईल २ थान र नगद २ हजार ८ सय ४० रुपैयाँ वरामद गरेको छ ।
पक्राउ परेका उनीहरु विरुद्ध लागुऔषध सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान अगाडी बढाइएको कास्कीका निमित्त प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कृष्ण बस्यालले जानकारी दिए ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते