काठमाण्डौ – सरकारले विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिए ।
अर्थमन्त्रालयको प्रस्तावमा प्राथमिकता प्राप्त नदि, बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन डलर अर्थात् ४ अर्ब ७७ करोड सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात् १ अर्ब १९ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यसैगरी ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन डलर अर्थात करिब ९ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते