काठमाडौं – मोरङमा एकजना शिक्षकको गोली हानी हत्या भएको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार निक्लाजुङ वडा नम्बर १ बर्खेका ५४ वर्षिय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो ।
बिहान सवा ६ बजेतिर चार-पाँच जनाको संख्यामा आएका विप्लव समूहका कार्यकर्ताले शिक्षकलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याको घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारी, ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । शिक्षकको हत्या विप्लव समूहले किन गरेको भन्नेबारे केही खुलेको छैन ।
लामो जनयुद्ध अन्त्यपछि देशमा शान्ति कायम भएको बेला विप्लव समूह जनताको मन जित्नुपर्ने ठाउँमा जनताकै हत्यामा किन उत्रियो ? भन्दै अहिले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते