काठमाडौं । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले बिहे गर्ने भएका छन्। एक टेलिभिजन कार्यक्रम मार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका छन्।
कलाकार गजुरेलले भनेका छन, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिदै छौं।’
दोस्रो विवाह गर्न लागेको बताए पनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएनन्। चाँडै नै बिहे हुने गजुरेलले बताएका छन्। एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा गजुरेलले आफ्नो दोस्रो विवाहको प्रसंग सुनाएका हुन।
यसअघिकी पत्नी मीना ढकालसँग दुई वर्ष अघिसम्बन्धबिच्छेद भएपछि गजुरेलले दोस्रो बिहे गर्न लागेका हुन् । गजुरेलले आफूले बिहे गर्न लागेको पुष्टि गर्दै भने, ‘मैले बिहे गर्ने निर्णय लिएको छु । अहिले केही आन्तरिक कुरा मिलाउन बाँकी छ ।’
सम्बन्धविच्छेद बारे दुवै केही समय दुबै मौन रहेपनि पछि भने एक अर्कोलाई गाली गर्दै मिडियामा प्रस्तुत भएका थिए । २०५३ सालमा प्रेम विवाह गरेका यी जोडीको वैचारिक मतभेद आएपछि सम्बन्धबिच्छेदअघि केहीसमय अलग–अलग समेत बस्न थालेका थिए । गजुरेलको मीनाको एक छोरा र एक छोरी रहेका छन् भने दुबै गजुरेलसँगै बस्दै आएका छन् ।
एपीवान टेलिभिजनमा प्रसारण हुने तमसोमा ज्योतिर्गमय कार्यक्रममा उनले अन्तरवार्ता दिने कार्यक्रमा यस्तो घोषणा गरेका हुन् ।
अन्तरवार्तामा उनले अब छिट्टै हामी जोडिदै छौ भनेका छन् । उनले भनेका छन्, चाडै नै तपाईहरुको सुभकामना, सुझाव सल्लाहअनुसार मैले मेरो जिवनमा कोही साथी जोड्दै छु अथावा हामी जोडिदै छौं । अहिलेलाई मैले यति मात्र भने ।
यो अन्तरवार्ता सोमबार राति ९ बजे एपीवाट टेलिभिजन प्रसारण हुदैछ । त्यस अन्तवार्तामो पोम्रो यसै सन्दर्भलाई लिएर बनाइएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग