आइतबार कास्कीका ६५ सहित गण्डकीमा थप ९५ जनामा कोरोना पुष्टि, ११२ डिस्चार्ज

आइतबार कास्कीका ६५ सहित गण्डकीमा थप ९५ जनामा कोरोना पुष्टि, ११२ डिस्चार्ज

Gandaki-Mapp

पोखरा – आइतबार कास्कीका ६५ सहित गण्डकीमा ९५ थप जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका ५३५ जनामा गरिएको परीक्षण मध्ये थप ९५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ७ जिल्लाका छन् । जसअन्तर्गत कास्कीमा ६५, तनहुँमा ९, गोरखामा १, लमजुङमा १, नवलपुरमा १४, स्याङ्गजामा ३ र म्याग्दी जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ६ सय ९३ पुगेको छ  । जसमा सक्रिय संक्रमितको संख्या ५ हजार १ सय १९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ११२ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ हजार ४ सय ४ पुगेको छ ।

आइतबार पनि गण्डकीमा थप चार जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१७ निवासी ६६ वर्षीया महिला, लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका -११ का ४३ वर्षीया महिला, पोखरा -१७ का ३४ वर्षीय पुरुष र पोखरा -१ का ७५ वर्षीय वृद्ध रहेका छन् ।

आज थप भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७० पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds