सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पत्र नै पठाएर स्थायी कमिटीमा नआउने जानकारी दिए । आइतबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएका हुन्।
बैठकको सुरुमै सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री ओलीले पठाएको पत्र पढेर सुनाएका थिए। उक्त पत्रमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते बैठकमा पेश गरेको राजीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा उपस्थित नहुने ‘बटमलाइन’ उल्लेख गरेका छन्।
प्रचण्डले २८ कात्तिकमा पार्टी सचिवालयमा १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए, जसलाई ओलीले लान्छनापत्र भनेका छन् र, यसबारे पार्टीको कुनै पनि कमिटीमा छलफल गर्न नसकिने अडान लिएका छन् । तर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावको जवाफका रुपमा ३७ पृष्ठको प्रस्ताव पेस गरेका थिए ।
ओलीको अडान विपरीत नेकपा सचिवालयको शनिबार बसेको बैठकले दुवै अध्यक्षको प्रस्तावमाथि स्थायी कमिटीमा छलफल गर्ने निर्णय गर्यो । सचिवालय बैठकमा ओलीले आफ्नो असहमति जनाएका थिए तर निर्णयमा नोट अफ डिसेन्ट भने लेखेका थिएनन् ।
‘आजको बैठकमा अर्का अध्यक्ष कमरेड केपी ओली उपस्थित हुनु भएन। उहाँको अनुपस्थितिको कारण देखाउँदै बैठकलाई सम्बोधन गरेर एउटा पत्र पठाउनु भएको छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकको प्रारम्भमै सचिवालय सदस्य कमरेड ईश्वर पोखरेलले उक्त पत्र वाचन गरेर स्थायी कमिटी बैठकलाई जानकारी गराउनुभयो। कमरेड ओलीले आफ्नो पूर्वमान्यता अर्थात् अध्यक्ष कमरेड प्रचण्डको प्रस्तावलाई औपचारिक रुपमा बैठकमा छलफल गर्न नसकिने धारणा रहेको र त्यसकारण बैठकमा नआएको उल्लेख गर्नु भएको छ।’


सम्बन्धित खबर
रविजीसँगै छलफल गरेर राजीनामा दिएकी हुँ : सुमना श्रेष्ठ, राजीनामा-पत्रमा के छ ? [पूर्णपाठसहित]
रवि हिरासतमा गएसँगै १० महिना धकेलियो रास्वपा महाधिवेशन, फागुन ७-९ मा चितवनमा हुने
६ जना एआईजी बढुवा सिफारिस, राअविबाट समायोजित टोली आईजी रेसबाट बाहिरियाे
सुमना श्रेष्ठले रास्वपा सह–महामन्त्रीबाट राजीनामा दिइसकेको खुलासा
कांग्रेस र एमालेको संयन्त्र बैठकपछि गृहमन्त्रीले भने: दुई दलमा कुनै समस्या छैन
गृहमन्त्री रमेश लेखक भन्छन्ः ‘सरकार परिवर्तन हुँदैन, सत्ता समीकरण तलमाथि हुँदैन’
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु