तनहुँ । बुल्दी पुल उद्घाटनको विषयले विवाद र झडपको रुप लिँदा पक्राउ परेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असली लोकतन्त्र कहिले मिल्छ भन्दै प्रश्न गरेका छन् ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसो भन्दा साँझ दुखेर आयो,’ पौडेलले ट्विट गरेका छन्, ‘हिजो भन्दा आज दुखाइ बढी छ।’
उनले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको बताउँदै असली लोकतन्त्र कहिले साकार हुने हो? भन्दै प्रश्न गरेका छन्। ‘मेरो चिन्ता यसैमा छ,’ पौडेलले लेखेका छन्।

व्यास १, १० र ११ जोड्ने पक्की मोटरेबल पुल उद्घाटन गर्न जादा प्रहरीले नेता पौडेललाई तालघरेबाट पक्राउ गरेको थियो ।
पुल उपभोक्ता समिति र व्यास नगरपालिकाले उक्त पुल हिजो दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको थियो । त र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भन्दै बुधबार बिहान मोटरसाइकल र्यालीसहित बिरोध गरेपछि पुल उद्घाटन विवाद भएको थियो ।
पुल उद्घाटन रोक्न भन्दै जिल्ला प्रशासनले सो क्षेत्रमा बुधबार १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो ।
पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले उनलाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो ।

नेता पौडेलसहित काङ्ग्रेसका अन्य नेता कार्यकर्ता बुधबार साझँ नै रिहा भएका छ्न । त्यस्तै नेकपा निकट राष्ट्रिय युवा संघ
आज पुल उद्घाटन गर्ने नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण