पार्टी अध्यक्ष बैठकमा नआउने ? ओलीलाई नेकपाबाटै हटाउन सकिन्छ: बेदुराम भुषाल

पार्टी अध्यक्ष बैठकमा नआउने ? ओलीलाई नेकपाबाटै हटाउन सकिन्छ: बेदुराम भुषाल

beduram-bhusal

काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य बेदुराम भुषालले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाटै हटाउन सकिने बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भुषालले ओलीले पार्टी चलाउन नसक्ने भए जिम्मेवारीबाट हटाउन सकिने बताए ।

पार्टी अध्यक्ष बैठकबाट भाग्ने, अल्पमतमा परेपछि बैठक मै नआउने भनेर बस्ने भए बैठकले जिम्मेवारीबाट मुक्त गर्न सक्ने पनि बताए । पार्टीमा संकट आउनुमा सबैभन्दा ठुलो जिम्मेवार ओली नै भएको समेत उनले आरोप लगाए । २ वर्षभित्र महाधिबेशन गर्ने भनेर पार्टी एकता गरिएको बताउँदै उहाँले त्यो हुन नसक्नुमा ओली जिम्मेवार रहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ