काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै सरेको छ । दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराही बस्ने तय भएको बैठक बालुवाटारमा सरेको छ । १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयको ७० औँ बैठक धुम्बाराहीमा बस्ने बताएका थिए।
महासचिव विष्णु पौडेलमार्फत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले धुम्बाराहीमा बैठक बस्न नसक्ने सन्देश कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुर्याएका थिए । तर, प्रचण्डले सबैको सहमतिमा बैठक बस्ने तय भएकाले ठाउँ फेर्न नहुने अडान लिएका थिए ।
त्यसपछि ओलीले धुम्बाराहीमा सुरक्षा खतरा रहेको भन्दै महासचिव पौडेलमार्फत फेरि बैठक सार्नका लागि प्रस्ताव गरेका थिए । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सुरक्षा थ्रेट आएको बताएपछि प्रचण्डले बालुवाटारमा बैठक बस्न सहमति जनाएको स्रोतको भनार्इ छ ।
एक सचिवालय सदस्यले भने, ‘आफ्नै पार्टी बैठकको सुरक्षा समेत दिन नसक्ने कुराले सरकारको हैसियतमा प्रश्न उठेको छ । राजधानी काठमाडौंमै सरकारले केही व्यक्तिको पनि सुरक्षा दिन नसक्ने कुराले सरकार पूर्णरुपमा असफल भएको सन्देश गएको छ । यो राम्रो भएन ।’
आजको सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेका प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। कात्तिक २८ को सचिवालयमा पेस गरिएको प्रस्तावमा प्रचण्डले ओलीलाई विभिन्न आरोप लगाएका थिए। ती आरोपको खण्डन गर्दै ओलीले गत शनिवार ३८ पृष्ठको प्रस्ताव सचिवालयमा पेस गरे। ओलीले प्रस्तावमा उल्लेख गरेको आरोपको फेरि आज प्रचण्डले जवाफ दिने बताइएको छ।
सम्बन्धित खबर
मनिष झा भन्छन् – ‘सरकार ढल्नु हुँदैन, नढलोस्, गठबन्धन अझै लामो जाओस्’
‘ज्ञानेन्द्रका नाति हृदयन्द्रलाई श्री ५ बनाउने भए मोहन शमशेरको नाति पशुपतिलाई श्री ३ किन नबनाउने ?’
स्थानीय तहको दबाबले शिक्षक फर्कन थालेपछि शिक्षक महासंघ चिन्तित
सहकारी ठगीमा फरार कांग्रेस सांसद माया राई पक्राउ
शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैल्याउनेहरु फत्र्याक्क गले: प्रधानमन्त्री
गण्डकीका मुख्यमन्त्रीलाई छेउमै राखेर प्रचण्डले भने- हिजो संँगै थियौँ, आज अलग भएपनि राजनीति हो भोलि जे पनि हुनसक्छ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन