पोखराको लेकाली चुलोमा धराने सेकुवाको स्वाद

पोखराको लेकाली चुलोमा धराने सेकुवाको स्वाद

lekali sekuwa and jhir3

पोखरा – नेपालको पूर्वी भेग धरानमा चर्चित धराने सेकुवाको स्वाद अब पोखरामा पनि उपलब्ध हुने भएको छ । धरानको स्वादलाई पोखरामा पस्कनका लागि लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा आएको हो । पोखराको अमरसिंह चोकमा विगत ५ वर्षदेखी विशुद्ध नेपाली खाना पस्कदै आएको लेकाली चुलो अन्तर्गत नै लेकाली सेकुवा एण्ड झिर सञ्चालनमा ल्याइएको संचालक मिन बहादुर गुरुङले जानकारी दिए ।

कोभिड १९ का कारण थला परेको पोखराको पर्यटन ब्यवशायलाई केही हद सम्म सहज बनाउनका लागि युवा ब्यवशायी गुरुङले धरानको सेकुवाको स्वादलाई पोखरामा पस्कने प्रयास गरेका हुन । पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा एण्ड झिरमा धराने बंगुर, हांस, कुखुरा, खसी, बोका र बट्टाइका स्वादिष्ट सेकुवा र झिर उपलब्ध हुने संचालक गुरुङले बताए । झिर हाउसमा पस्किने बंगुरका सेकुवाका परिकार विशुद्ध धरानको मात्र हुने छ ।

गुरुङका अनुसार झिर हाउसमा धराने बंगुरको सेकुवाका परिकारहरु मात्र उपलब्ध हुनेछ । धरानको चर्चित गुरुङ बिबि क्यु एण्ड हट किचनको प्राविधिक र ब्यवस्थापकीय सहयोगमा सञ्चालित झिरमा अत्याधुनिक भट्टीमा पकाएको सेकुवाहरु उपलब्ध हुने उनले सुनाए ।

अन्य ठाउँमा आगोको कोइला लगायतको धुवामा झिर लगायतका सेकुवाका परिकारहरु उपलब्ध गराउदै आइरहेको सन्दर्भमा पोखराको अमरसिंह चोकमा सञ्चालनमा आएको झिर हाउसमा धुवा रहित आधुनिक भट्टीमा पकाउने भएकाले स्वास्थ्यमा कुनै प्रकारको असर नपर्ने झिरका प्राविधिक तथा ब्यवस्थापकीय सहयोगी गुरुङ बिबि क्यु एण्ड हट किचनका सञ्चालक तथा सेफ कन्सल्टेन्ट धन बहादुर गुरुङले बताए । झिर हाउसको सञ्चालन अवधिभर गुरुङकै हातबाट बनेका परिकारहरु ग्राहकहरुलाई पस्किरहेको समेत सञ्चालक गुरुङले बताए ।

हांसको बिबि क्यु नेपालमा प्रचलनमा नरहेको तर चाइना, हङकङमा प्रचलित रहेको र त्यसलाई बनाउनका लागी समेत चाइना र हङकङमा मात्र मेसिन बन्ने उनले सुनाए । पानीको बाफबाट चिल्लो पदार्थ फालिने र चिल्लो पदार्थ र धुवा रहित रहने हुनाले स्वास्थ्यमा असर नपर्ने गुरुङले बताए । हांस पोलेर खाने प्रचलन नेपालमा नरहेको र अत्याधुनिक मेसिनबाट बनाइने नेपालमै पहिलो भएको जानकारी पनि उनले दिए ।

बंगुरको बिबि क्यु, सेकुवा प्रायजसो आगोमा पोल्ने र बोसो आगोमा परेर ज्वाला र खरानीको धुलो मासुमा टाँसिने भएकाले अत्याधुनिक भट्टीमा पोल्दा सुगुरको मासु क्लिजिङ गरी छालाको भित्र रहेको फोहोर पदार्थ फालेर पानीमा उमालेर बाहिर ल्याइसकेपछि मात्र अत्याधुनिक भट्टीमा राखेर पोलिने भएकाले उक्त मासु स्वस्थकर रहेको उनले जानकारी दिए । ७५ लाखको रुपैयाँको लगानीमा सञ्चालनमा आएको झिर हाउसमा १८ जनाले रोजगार पाएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds