कास्की २ की विद्याका यस आवमा ३० योजना: सडक तथा भौतिक पूर्वाधार निर्माण केन्द्रित

कास्की २ की विद्याका यस आवमा ३० योजना: सडक तथा भौतिक पूर्वाधार निर्माण केन्द्रित

bidhya-bhattarai-photo

कास्की निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराई अधिकारीले आर्थिक बर्ष २०७७-७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गरेकी छन् । कार्यक्रममा सांसद भट्टराईले निर्वाचित भएको १ वर्षको कार्यप्रगति विवरण समेत प्रस्तुत गरेकी छन् ।

कार्यक्रम अन्तर्गत सडक तथा भौतिक पूर्वाधार निर्माणका योजना प्राथमिकतामा परेका छन् । उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने योजनाहरुमा ध्यान पुग्न सकेको छैन । उनले सडक निर्माण तथा स्तरोन्नति, सामुदायिक भवन, नाली, खेल मैदान, खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताइन् । उनले १० लाखदेखि २५ लाखसम्मका ३० वटा योजनाका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिइन् ।

‘सांसदको नाममा किन बजेट दिएको होला भन्थें तर आवश्यक रहेछ’

भट्टराईले नीति तथा कार्यक्रम बनाउँदादेखि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बारेमा विवाद आए पनि कार्यक्रम सांसदको मतदातासम्म जाने उपयुक्त माध्यम भएको दाबी गरिन् । ‘पहिले लाग्थ्यो सांसदको नाममा किन बजेट दिइएको होला ?’ सांसद भट्टराईले भनिन्, ‘आफूले मत दिएर पठाएका जनताले त्यसमा आफ्नो स्वामित्व खोज्ने भएकाले र सांसदलाई जनतासम्म पुग्न यस्ता कार्यक्रमले सघाउने रहेछ ।’

‘गाउँ टोलसम्म सांसद पुग्न र जनतासंग जोडिन कार्यक्रमले सघाएको छ,’ उनले भनिन्, ‘कार्यक्रमले निर्वाचन क्षेत्रको समग्र विकासको लागि सघाएको छ ।’ उनले साना तथा ठूला योजना सबै समेट्न नसके पनि स्थानीयको माग सम्बोधन नहुने धारणा राखिन् ।

केही योजनाहरु गण्डकी प्रदेश सभाका योजनाहरुसँग समन्वयमा सञ्चालित भएको उल्लेख गर्दै सांसद भट्टराईले समयमै सम्पन्न गर्न २-३ योजनालाई जोडेर अगाडि बढाएको जानकारी दिइन् । उनले अलपत्र योजनाहरुलाई प्रदेश सभाका योजनासँग जोडेर सम्पन्न गर्ने गरी छनोट गरेको बताइन् ।

उपनिर्वाचनमा अमूल्य मत र मन दिएर जिताएर पठाएको १ वर्ष पूरा भएको उल्लेख गर्दै उनले विकास निर्माणका लागि १ वर्ष निकै छोटो समय भए पनि अल्पकालीन योजनालाई सम्पन्न गर्ने र दीर्घकालीन योजनाहरुलाई प्राथमिकताका साथ अगाडी बढाउने समयको रुपम लिन सकिने बताइन् । ‘हामीसँग स्रोतको सिमितता छ । त्यही सिमित स्रोतमा योजना अगाडि बढाउनु आजको चुनौती हो,’ उनले भनिन्, ‘जति सुकै चुनौती र कठिन अवस्था भए पनि हाम्रा योजनाहरु पूरा गर्नै पर्छ ।’

प्रिय नेता रवीन्द्र अधिकारीले जिम्मेवार जनप्रतिनिधिको रुपमा जनतासंँगका सम्बन्ध, पारदर्शिताका साथ कार्यक्रम अन्तर्गतका योजना, विनियोजित बजेट सबै सरोकारवालाको सहभाागितामा नमुना र उदाहरणीय ढंगले सार्वजनिक गर्ने गरेको बताइन् । उनले त्यही बाटोलाई पछ्याउँदै गत वर्षको माघमा र यो वर्षका योजना तथा बजेट आइतबार सार्वजनिक गरेको जानकारी दिइन् ।

गण्डकी प्रदेश सभाका सदस्य कृष्ण थापाले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना छनौट भएको जानकारी दिए ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ सम्मका वडा पर्छन ।

हेर्नुहोस् कहाँ कुन योजना

१. बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४ – १० लाख
२ .गणेश मन्दिर पछाडीको सडक स्तरोन्नती पोखरा ४ -१० लाख
३ .पोखरा ७ र ६ नं. जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कल्बर्ट सहितको पुल निर्माण, रिटेनिङ वाल – २५ लाख
४ .शिवालय मार्ग ढल निर्माण पोखरा८- २० लाख
५ .रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८ -२० लाख
६ .महेन्द्र मा.वि., नव प्रभात मा.वि. भौतिक संरचना निर्माण पोखरा९ – १० लाख
७ .जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा९- १० लाख
८ .शान्तीबन स्थित स्मृति सभाहल र साहारा आधारभूत प्रा.वि.को भवन स्तरोन्नतीपोखरा ९ -१० लाख
९ .जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माणपोखरा ९- १० लाख
१०. कालीका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था कृयापुत्री भवन जाने बाटो स्तरोन्नतीपोखरा ११- २५ लाख
११ .तुलसीघाट कृयापुत्री भवनपोखरा ११ -१० लाख
१२ .फुलबारी मार्ग (शिव मन्दिरबाट जाने सडक) पोखरा १५ -१५ लाख
१३ .अलकापुर मार्ग स्तरोन्नती पोखरा१५- १५ लाख
१४ .गायकटोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६- १० लाख
१५ .जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६- १० लाख
१६ .शान्तीटोल, सुकाले सडक तथा नाला निर्माणपोखरा १६- १० लाख
१७ .घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६ -१० लाख
१८ .नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७- १० लाख
१९ .खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७- १० लाख
२० .आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगरटोल स्तरोन्नती पोखरा १७ -१५ लाख
२१ .हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०- १५ लाख
२२ .इम्दुपाखा, झुपे पोखरी, विजयपुर, डाँडागाउँ चण्डी सडक स्तरोन्नतीपोखरा २०- १० लाख
२३ .मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २० -१५ लाख
२४ .सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१- १५ लाख
२५ .फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१ -१० लाख
२६ .बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१ -१० लाख
२७ .भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१ -१५ लाख
२८ ग.ैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३ -१५ लाख
२९. खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३ -२० लाख
३०. हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३ -१० लाख

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ