पोखरा महानगरपालिका कार्यालयको सेवा आजदेखि सञ्चालनमा आएको छ । महानगरमा कार्यरत २७ जना जति कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गत मङ्सिर ५ देखी अत्यावश्यक बाहेकको सेवा बन्द गरिएकामा आजदेखी सेवा प्रवाह नियमित सञ्चालनमा आएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले बताए ।
महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत विभिन्न महाशाखा प्रमुख लगायतका कर्मचारी कोरोना सङ्क्रमित भएपछि भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरको सेवा प्रवाह बन्द भएको थियो ।
महानगरले यसअघि सूचना जारी गरी धेरै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र एक तिहाई कर्मचारीबाटमात्र सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भन्दै मङ्सिर ५ देखी १२ सम्म अत्यावश्यक बाहेकको सेवा बन्द गर्ने जनाएको थियो ।
प्रवक्ता नेपालीले महानगर तथा बन्द भनेर सूचना भएका बाहेक अन्य वडा कार्यालयबाट प्रवाह हुने सेवा नियमित रुपमा सञ्चालन हुने बताए ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ