पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमाङ्कनको काम तीन महिनाभित्र सकिने बताएका छन् । पोखरा पर्यटन परिषदको २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन गर्दै उनले लामो समयदेखि विवादित रुपमा रहेको सिमाङ्कनको काम सकेर मुआब्जा वितरणमा लाग्ने बताए ।
उनले नेपाल ट्रस्ट अन्र्तगत रहेको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्न मन्दिर सर्बसाधारणका लागि छिट्टै खुल्ला गरिने बताए । ४ महिना अघि खुला गरिसक्ने निर्णय भएपनि विभिन्न कारणले रोकिएको भन्दै उनले यो प्रक्रिया छिट्टै टुङ्गिने जिकिर गरे ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड–१९ का कारण पोखराको पर्यटन क्षेत्र विषम र कष्टकर अवस्थामा रहेको बताए । विगत ५० वर्षदेखी यहाँको पर्यटनमा द्वन्द, भूकम्प, नाकाबन्दी र अहिले कोरोनाका कारण समस्याबाट गुज्रिरहेको पर्यटन क्षेत्रलाई उकास्न जोड दिएर सबै क्षेत्र लाग्नुपर्ने अवस्था आएको बताए ।
कार्यक्रममा पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार सन्तोष पोखरेललाई सम्मान गरिएको थियो ।अधिवेशनले परिषद्को अध्यक्षमा गोपीबहादुर भट्टराईलाई चयन पनि गरेको छ ।
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन